Breaking News

तेल माग्नेसहित चार प्रहरी कारवाहीमा

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १८:०६

विराटनगर, २६ चैत । मोरङमा व्यक्तिगत लाभका लागि सेवाग्राहीसँग तेल माग्ने प्रहरीसहित चार जना विभागिय कारवाहीमा परेका छन् ।

सवारी साधनकालागि सेवाग्राहीसँग तेल माग्ने प्रहरी चौकी गछिया मोरङका प्रहरी हवल्दार विरेन्द्र यादवलाई विभागिय कारवाही गरिएको हो ।

यादवले चैत १६ गते सेवाग्राहीसँग तेल मागेको खुलेको छ । मोरङ प्रहरीले प्रहरी चौकी विराटनगर बखरीका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार यादव, प्रहरी चौकी आँपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र केशव दर्जीलाई पनि विभागिय कारवाहीकालागि सिफारिस गरेको छ ।

चैत २२ गते अनुगमनका क्रममा प्रहरी चौकी बखरीका इञ्चार्ज समेत रहेका सहायक निरिक्षक यादवले गैर जिम्मेवार र लाप्रवाही पूर्ण तरिकाले प्रहरी परिचालन गरेको भेटिएको थियो ।

अनुगमनकै क्रममा चैत २४ गते प्रहरी चौकी आँपगाछीमा कार्यरत जवान भण्डारी र दर्जीले गैर जिम्मेवार तथा लापरवाहीपूर्ण तरिकाले काम गरेको पाइएपछि प्रहरी नियमावली अनुसार कारवाही प्रकृया अघि बढाइएको मोरंग प्रहरीले जानकारी दिएकोछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३