प्रकाशित : २५ चैत्र २०७५, सोमबार १८:४६


विराटनगर २५ चैत । पण्डित काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङमय प्रतिष्ठानले नबौ बार्षिक उत्सवको अवसरमा साहित्यिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने आधा दर्जन स्रष्टाहरूलाई सम्मान गरेको छ ।
आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. गुरूप्रसाद सुवेदीलाई जनही २१ हजार र मेनुका चाँपागाईलाई ११ हजार १ सय ११ नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरूमा धरान पिण्डिेश्वर विद्या पिठका रामचन्द्र ढकाल र भूपाल कोइरालालाई जनही २ हजार ५ सय नगद र झापा चारपानेको सस्कृत विद्यालयलाई १५ हजार नगद सहित सम्मान गरेको छ ।
प्रदेश न १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्द वहादुर तुम्वाहाङले फुल, माला र दोसल्ला ओढाएर स्रस्टाहरूलाई सम्मानित गरे । उनले भाषा ,साहित्य र कला क्षेत्र मौलिक पहिचान रहेको चर्चा गर्दै यसकोे उत्थानमा सामाजिक क्षेत्रबाट हुने गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । कार्यक्रममा गंगाधर कट्टेलद्धारा लिखित आमा खण्डकाब्यको प्रदेश प्रमुख तुम्वाहाङले लोकापर्ण समेत गर्नुभयोे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद कट्टेल , प्रा.डा. गोबिन्द भण्डारी, प्रा.डा.टुनराज भट्टराई , पिताम्वर कट्टेल , डीग घिमिरे,अच्यूत कट्टेल, ज्ञानेन्द्रप्रसाद दाहाल लगायतका बक्ताहरूले पुरस्कृतहरूलाई बधाई दिए ।