Breaking News

विराटनगरका खुद्रा माछा व्यवसायी आन्दोलित

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार १७:३१

विराटनगर, २५ चैत । भन्सार कार्यालयले भारतबाट माछा आयातमा कडाई गरेको भन्दै विराटनगरका खुद्रा माछा व्यवसायी आन्दोलित भएका छन् ।

भन्सार शुल्क बुझाएर माछा आयात गर्ने गरेको भएपनि भन्सार कार्यालयले भारतीय क्वारेन्टाईनको प्रमाणपत्र लिएर आउनु भन्दै माछा आयातमा कडाई गरेको उनीहरुले बताएका छन् ।

खुद्रा माछा व्यवसायीले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापन पत्र बुझाउँदै निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने बताएको सचिव विकेश मुखियाले बताउनुभयो ।

माछा आयात गर्दा सड्न नदिन केमिकल प्रयोग गर्ने गरेको भन्दै प्रदेश नंं १ सरकारले खुद्रा माछा व्यापारीलाई माछा आयातमा कडाई गरेपछि साना व्यापारी मर्कामा परेको सचिव मुखियाले गुनासो गर्नुभयो ।

सरकारले स्वदेशमै माछाको माग अनुसार आपुर्तीको व्यवस्था गरे भारतबाट माछा आयात गर्न आँफुहरु बाध्य नहुने उहाँकोे भनार्य छ ।

साना व्यापारीको बैकल्पिक व्यवस्था नगरि सरकारले अन्याय गरेको भन्दै अविलम्व निर्णय फिर्ताको माग गरिएको छ ।

साना व्यापारीको मागलाई वेवास्ता गरे माछद्धा विक्री ठप्प पारी संवन्धित निकायमा धर्ना दिने लगायतका कार्यक्रम गरिने सचिव मुखियाले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३