प्रकाशित : २४ चैत्र २०७५, आईतवार १७:२८

विराटनगर, २४ चैत । विराटनगरको कोसी अञ्चल अस्पतालको इमरजेन्सी कक्षमा प्रवेश गरेर चिकित्सक र अस्पतालका कर्मचारीलाई हातपात र दुरव्यवहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अुनसार मदिरामा लट्ठा भएर होहल्ला गर्दै अस्पताल छिरेका युवाले आकस्मिक कक्षका डा. सुनिलबावु खनालसमेतका चिकित्सक र अस्पतालका कर्मचारीलाई हिजो साँझ दुरव्यवहार गरेका थिए ।

सम्झाई बुझाई गर्नका लागि पुगेको प्रहरी टोलीमाथि समेत अभद्र शैली प्रदर्शन गर्न थालेपछि मोरङको जहदा गाउँपालिका–३ का ३० वर्षीय विनोद राय, २३ वर्षीय उमेश राय, २५ वर्षीय जागवत सहनी र प्रमोद रायलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

लडेर विनोदको हातमा चोट लागेको भन्दै चारै जना उपचारको बहानामा अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । डा. खनालको टोलीले उपचार सुरु गर्ना साथ सबै जना एक्कासि गालीगलौज गर्दै चिकित्सक र कर्मचारीमाथि खनिएको एसपी केसीको भनाइ छ ।

उहाँका अनुसार होहल्ला र हुलदंगाका कारण उपचारका लागि आएका अन्य बिरामीलाई समेत असर पर्न थालेपछि पक्राउ गर्नु पर्ने स्थिति आएको हो । स्वास्थ्य परीक्षण गराउँदा चारै जनाले मादक पदार्थ सेवन गरेको खुलेको छ ।

उनीहरु विरुद्ध आज ‘अभद्र व्यवहार’ अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३