Breaking News

वंशजको नागरिकता लिन अंगिकृतका सन्तानको भीड

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १७:२४

विराटनगर, २४ चैत । जिल्ला प्रशासन कार्यालयमा वंशजको नागरिकता लिन अंगिकृत नागरिकका सन्तानको भीड लागेको छ ।

अंगिकृतका सन्तानलाई वंशजको नागरिकता लिन सरकारले बाटो खुला गरिदिएपछि गत बिहीबारदेखि जिल्ला प्रशासनमा भीड बढेको हो । वंशजनको नागरिकता लिनका लागि स्थानीय तहबाट सिफारिस बनाएर दैनिक सयौंको संख्यामा युवा युवती प्रशासन पुग्ने गरेका छन् । अत्यधिक भीड बढेपछि आजबाट भने जिल्ला प्रशासनले टोकन प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अंगिकृतका सन्तानलाई वंशजको नागरिकता उपलब्ध गराउन परिपत्र गरेको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भीड बढ्दै गएपछि टोकन प्रणाली लागू गरेर नागरिकता वितरण थालिएको बताउनु भयो । उहाँका अनुसार यस प्रणाली अन्तर्गत दैनिक दुई सयलाई नागरिकता दिइने छ । बिहीबारदेखि आजसम्म जिल्ला प्रशासनबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान मध्ये ५ सय ८३ जनाले वंशजको नागरिकता पाइसकेका छन् ।

नागरिकता लिनेको संख्या एक्कासि बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता फाँटमा कर्मचारी समेत थपेको छ ।

सहायक प्रजिअ पाण्डेका अनुसार नागरिकता फाँटमा यस अघि ५ जना कर्मचारी रहेकोेमा हाल चार जना थपेर ९ जना बनाइएको छ । २०६३ सालमा नागरिकता टोलीले गाउँगाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले भने उमेर पुगिसक्दा पनि नागरिकता पाउन सकेका थिएनन् । नागरिकता नपाउँदा अंगिकृतका सन्तान उच्च शिक्षा हाँसिल गर्न र रोजगारीको अवसर पाउनबाट बञ्चित हुँदै आएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३