प्रकाशित : २४ चैत्र २०७५, आईतवार ११:५३

विराटनगर, २४ चैत । लायन्स क्लव ३२५ ए वानको डिष्ट्रिक्ट गभर्नरमा विराटनगरका राजन खत्री निर्वाचित हुनु भएको छ । सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा पनि विराटनगरकै रेवतवहादुर कार्की विजयी हुनु भएको छ ।

काठमाण्डौंमा सम्पन्न लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको सातौं महाधिवेशनले डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गरेको हो ।

सन् २०१९/२० का लागि डिष्ट्रिक्ट गभर्नर पदमा इन्द्र खत्री (राजन), फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा टंकबहादुर श्रेष्ठ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा रेवत बहादुर कार्की विजयी हुनुभयो । १ सय ६१ क्लबबाट कूल ४ सय १४ भोट खसेको थियो । सो मध्येबाट डिष्ट्रिक्ट गभर्नर पदमा इन्द्र खत्रीलाई ४०१ एस भोट प्राप्त भएको छ भने ७ भोट नो मा र ६ भोट रद्ध भएको छ ।

त्यसैगरि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा टंकबहादुर श्रेष्ठलाई ३९४ एस भोट, १४ नो भोट र ६ भोट रद्ध भएको छ । त्यसैगरि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर दुइ उम्मेद्ववार मध्ये रेवतबहादुर कार्की ३१८ मत प्राप्त गरेर विजय हुनुभयो । सोही पदका अर्का उम्मेद्ववार महेश आचार्यले ९२ मत प्राप्त गरे भने ४ भोट रद्ध भएको छ ।

विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपालमा विद्यालय निर्माण, स्वास्थ्य शिविर, आखाँ अस्पताल निर्माण, भोकोपन निवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटाडिष्ट्रिक्टमा ३२ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३