प्रकाशित : २३ चैत्र २०७५, शनिबार १८:४८


विराटनगर, २३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीमा चट्याङले लागेर आज दिउँसो एक बालिकाको मृत्यु भएको छ ।
खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङले लागेर १० वर्षीय आराधना राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरै अगाडि चट्याङले लागेर घाइते भएकी बालिकालाई उपचारका लागि विराट मेडिकल कलेज ल्याइपुर्याएपछि चिकित्सकले मृत्त घोषित गरेका हुन् ।
बालिकाको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
सम्बन्धित शीर्षकहरु