प्रकाशित : २२ चैत्र २०७५, शुक्रबार १८:४६

विराटनगर, २२ चैत । प्रदेशसभा गठन भएको एक वर्षपछि संसदको विषयगत समितिहरुमा सभापति निर्वाचित भएका छन् । प्रदेश सभाका सात विषयगत समितिहरुको बैठकबाट आज सभापति निर्वाचित गरिएको हो ।

आज १० बजेदेखि ५ बजेसम्म छुट्टाछुट्टै समितिको बैठक आव्हान गरी सभापतिको निर्वाचन गरिएको थियो । निर्वाचनबाट न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली निर्वाचित हुनुभएको छ ।

सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गनगाई निर्वाचित हुनुभएको छ ।

सामाजिक विकास समितिको सभापति पदमा संखुवासभाकी सांसद सरिता थापा खड्का निर्वाचित हुनुभएको छ भने उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापतिमा पाँचथरकी सांसद सीतादेवी थेवे निर्वाचित हुनुभएको छ । प्राकृतिक स्रोत, तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवा निर्वाचित हुनुभएको छ ।

निर्वाचित सभापतिहरुलाई आइतबार सभामुख प्रदिपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३