प्रकाशित : २० चैत्र २०७५, बुधबार १८:५०


विराटनगर, २० चैत । नेपाल टेलिकम वर्कस यूनियनले आफ्नो १० औं महाधिवेशन ग्राहकलाई सेवा सुविधामा वृद्धि गर्नुमा केन्द्रीत रहने जनाएको छ ।
टेलिकम यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र दाहालले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत २१ देखि २३ सम्म विराटनगरमा हुने महाधिवेशनले कर्मचारीको वृत्ति विकासका साथै प्राप्त उपलव्धिलाई रक्षा गरी श्रमिको सामाजिक सुरक्षा कायम गर्नु र नयाँ नेतृत्व चयन गर्न महाधिवेशन सफल हुने वताउनु भयो ।
महाधिवेशनमा ७७ जिल्लाकै प्रतिनिधि र पर्यवेक्षक गरि ७ सय जनाको सहभागिता हुने जनाइएको छ । नयाँ नेतृत्वका सर्वसम्मत रुपले चयन गर्ने प्रयास रहने भन्दै पूर्वअध्यक्ष कृष्णप्राद अर्यालले र सहध्यक्ष राजेन्द्रपसाद जोशीवीच अध्यक्षका लागि प्रतिष्पर्धा हुने वताइयो ।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने बताईएको छ ।