Breaking News

विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायमभएको छ : प्रमओली

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १८:४६

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले विकासकालागि राजनीतिक स्थिरता र नीतिगतआधार तयार भएको बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषदको बैठकलाई आजउद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीओलीले विगतमा जस्तोएउटा सरकार बन्ने केहीमहिनामात्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता कायमभएको बताउनुभएको छ ।

“जनताले बहुमतदिएर पठाएको सरकार छ ।यसले विकासमा स्पष्ट नीति लिन्छ । तिनै नीतिहरुको आधारमा योजना बनाइन्छ र कार्यान्वयनगरिन्छ ” प्रधानमन्त्रीओलीले भन्नुभयो “सरकारविकासको महाअभियानमा सरिक भएकोले पक्षविपक्ष हैन सबैले सहकार्य गरेर देश निर्माणमा जुटौं ।”

प्रधानमन्त्रीओलीले नेपालको विकासको प्रयासलाई साथ सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायपनि इच्छुक भएको बताउनुभएको छ । हालै सम्पन्नलगानी सम्मेलनमा छिमेकी देशकालगानीकर्ताहरुको उत्साहपूर्वक सहभागिताले त्यसै कुराको संकेत गरेको प्रधानमन्त्रीओलीको भनाइ छ ।“हाम्राविकासकाप्रयासलाई साथ सहयोग दिनअन्तर्राष्ट्रिय समुदायपनि इच्छुक छ । लगानी सम्मेलनले यसलाई स्पष्ट पारेको छ ” प्रधानमन्त्रीओलीले भन्नुभयो ।

प्रधानमन्त्रीओलीले विकासकामहत्वकांक्षी योजनालिएर सरकार अघि बढ्ने बताउनुभयो । “हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल,सुखी नेपालीहो । यस गन्तव्यमापुग्नहामीले महत्वकांक्षी ढंगले कामगर्नै पर्दछ । भौतिकविकास,शिक्षा,स्वास्थ्य सबै क्षेत्रमामहत्वकांक्षी योजनाकार्यान्वयन गरेर देशलाई अघि बढाइनु पर्दछ ” प्रधानमन्त्रीओलीले भन्नुभयो ।

नयाँ कुराको अभिव्यक्तिले पनिमानिसको सोचाइमा परिर्वतनआउने प्रधानमन्त्रीओलीको भनाइ छ । कोशीनदीमा स्टिमर चल्नु त्यसकै एउटा उदाहरण भएको प्रधानमन्त्रीले बताउनुभयो ।कृषिमायान्त्रिकिकरण गरेर उत्पादकत्व बढाउने सरकारको नीति रहेको प्रधानमन्त्रीओलीको भनाइ छ ।“कृषिमायान्त्रिकिकरण गर्दा कसैको रोजगारी खोसिदैन ।

बरु यसले रोजगारीकानयाँअवसर सृजनागर्दछ । त्यसैले आधुनिकताले रोजगारी खोसिने नभइ रोजगारीको रुपान्तरणचाँही हुने हो ।”
सन्तुलितविकासकालागितिनै तहका सरकारले समन्वयात्मक ढंगले कामगर्नु पर्ने प्रधानमन्त्रीओलीको भनाइ छ । “

विकासकालागिदलहरु बीच समझदारी र एकताआवश्वयक छ । फेद न टुप्पोको विरोध गरेर देश विकासमाअवरोध गर्नु उचितहुदैन ” प्रधानमन्त्रीओलीले भन्नुभयो ।

राष्ट्रिय विकास परिषदकाअध्यक्ष समेत रहनु भएकाप्रधानमन्त्रीओलीले १५ औं योजनाले पाँचबर्षको विकासको योजनामात्रप्रष्तुत गरेको नभइ यस सताब्दीको अन्त्यसम्ममा नेपालको विकासको प्रारुपतयार गरेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीओलीले भन्नुभयो “यस योजनाले विं सं २०९९ सम्ममा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाकादिएको छ ।”
राष्ट्रिय योजनाआयोगले तयार गरेको १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७ –२०८०/८१ )को प्रस्तावितआधार पत्रलाई पारितगर्न यो बैठक आयोजनागरिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३