प्रकाशित : १९ चैत्र २०७५, मंगलवार १८:४९


संखुवासभा– १९ चैत । संखुवासभाको पाचखपन नगरपालिका ९ मा चट्याङ लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ ।
चट्याङले लागेर ४५ वर्षीया सीता विश्वकर्मा र ५० वर्षीया सुकमाया लिम्बुको आज ज्यान गएको हो ।
घरमा चट्याङ परेर घाइते भएका उनीहरूको वाना स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष राइले जानकारी दिनु भयो ।