प्रकाशित : १७ चैत्र २०७५, आईतवार १८:०५

विराटनगर, १७ चैत । पत्रकार कल्याण कोष मोरङले दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । ३३ औं वार्षिकोत्सवको अवसरमा पारेर आयोजित कार्यक्रममा कोषले ३५ हजार राशीको सिर्जनशील पत्रकारिता पुरस्कार अग्रज पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरेको छ ।

त्यस्तै १५ हजार राशीको उदियमान पत्रकारिता पुरस्कारबाट युवा पत्रकार गोपाल पोखरेललाई पुरस्कृत गरेको छ । दुवैजनालाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कोषका अध्यक्ष प्रल्हाद साहलगायतले माला लगाएर नगद र सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले पत्रकारिता र पत्रकारको वृत्ति विकासका लागि महानगरपालिका सधैं तत्पर रहेको बताउनुभयो । उहाँले अक्षयकोष वृद्धिका लागि ३ लाख रुपैयाँ दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा कोषका अध्यक्ष प्रल्हाद साहले पत्रकारको हितका लागि काम गरिरहेको दाबी गरे । कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले संस्थाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोरङलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुईजना पत्रकारलाई कोषले वार्षिकोत्सवको अवसर पारेर पुरस्कृत गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३