प्रकाशित : १६ चैत्र २०७५, शनिबार १८:५७


विराटनगर, १६ चैत । घरबाटै हिजो हराउनु भएका विराटनगर महानगरपालिका – ५ का ३७ वर्षीय दिपक गिरी आज भेटिनु भएको छ । आफ्नै घरबाट कोही कसैलाई नसोधी आफुखुशी हिंडेको र फेला नपरेपछि आमा मीना गिरीले प्रहरीमा खवर गर्नु भएको थियो ।
दिपकलाई आज विहान सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का विनोद कुमार यादवको घरमा बसिरहेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा फेला पारेर परिवारका सदस्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मानसिक समस्या रहेका कारण दिपक बेला–बेलामा घर छाडेर हिंड्ने गरेको आमा मीना गिरीले बताउनु भयो ।
सम्बन्धित शीर्षकहरु