प्रकाशित : १६ चैत्र २०७५, शनिबार १८:४९

विराटनगर १६ चैत । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र पूर्व केन्द्रीय सदस्य गणेश लम्साल पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर मोरङ पत्रकार महासंघले शनिबार गाउँले र लम्साललाई पुरस्कृत गरेको हो ।

पत्रकार गाउँलेलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट नगद ५१ हजार राशिको पुरस्कार प्रदान गरियो । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार लम्साललाई ११ हजार राशिको प्रदान गरियो ।

पुरस्कृत भएका पत्रकारहरूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विक्रम संवत २०७३ सालमा स्थापना भएको हो ।

सूचनाको अधिकार क्षेत्रमा क्रियाशील अभियन्ता, विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नी दिवगंत धर्मपत्नीको स्मृतिमा पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कारका लागि नेपाल पत्रकार संघ मोरङ शाखाअन्तर्गत सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले चालु आर्थिक वर्षको प्रदेश सभा बैठकबाट सूचनाको हक सम्बन्धी कानुन निमार्ण गर्ने बताउनुभएको छ ।

उनले अन्य प्रदेशको भन्दा प्रदेश नम्बर १ ले सूचनाको हक सम्बन्धी कानुन अगाडि निमार्ण गरी कार्यान्वयनमा ल्याउने बताउनुभयो । राईले सुशासन्तको प्रत्याभूति गराउन सूचनाको हक सम्बन्धी कानुन सके चाँडै र ढिलोमा भदौ बनाइसक्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले ३ सदस्य रहने गरी प्रदेशमा सूचना आयोग गठन गर्ने समेत जानकारी दिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले चालु प्रदेश सभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कर्मचारी जनशक्तिका कारणले गर्दा काम गर्न कठिनाई भएको भन्दै धमाधम कानुनहरू निमार्ण गर्दै प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो । उहाँले पनि भदौ भित्रमा सूचनाको हक सम्बन्धी कानुन निमार्ण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३