Breaking News

घूससहित वन अधिकृत पक्राउ

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १७:३०

विराटनगर, १५ चैत । मोरङको शव डिभिजन वन कार्यालय लाटीझोडामा कार्यरत सहायक वन अधिकृत सलाउदिन अन्सारी ३५ हजार रुपैयाँ घूससहित आज पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको डीएसपी डिल्लीनारायण पाण्डेको नेत्रृत्वमा खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता नरेन्द्र भट्राईका अनुसार सामुदायिक वन उपभोक्ता समितिलाई वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिनका लागि घूस माग गरेको पाइएको छ ।

सेवाग्राहीसँग घूस माग गरेको सूचना एवं जानकारीका आधारमा खटिएको अख्तियारको टोलीले घूस लिंदा दिंदै रंगेहात अन्सारीलाई पक्राउ गरेको भट्राईले बताउनु भयो ।

उहाँले विराटनगरस्थित डिभिजन वन कार्यालय मोरङबाट पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३