प्रकाशित : १४ चैत्र २०७५, बिहीबार १८:५३

विराटनगर, १४ चैत । अवैध रुपमा घरमा राखिएका तीनवटा बन्दुक जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ । विराटनगर–४ का सुरेश प्रधान र विराटनगर–११ का भीमराज पोखरेलले हतियार बुझाएको प्रहरीले बताएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार प्रधानले आफ्नै घरमा राखेको सर्टगन प्रकारका स्वचालित २५ बोरको एक नाल र १२ बोरको एक नाल गरेर दुईवटा र पोखरेलले घरमा रहेको एउटा भरुवा बन्दुक बुझाएका हुन् ।

इजाजत बिनाका र नवीकरण नभएका अवैध हतियार बुझाउन सरकारले ३५ दिनको अल्टिमेटम दिएसँगै मोरङमा हतियार बुझाउने क्रम सुरु भएको केसीले बताउनु भयो ।

व्यक्तिले आफ्ना घरमा राखेका हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाउन थालेका हुन् । सरकारले अल्टिमेटम दिएपछि अवैध रुपमा राखिएका हतियार तत्काल नजिकको प्रहरी कार्यालयमा बुझाउन सबैलाई आब्हान पनि गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले प्रहरी कार्यालयमा बुझाइएका हतियारहरु सुरक्षित रुपमा भण्डारण गरिने बताउनु भयो ।

अवैध रुपमा हतियार राख्ने र दिएको समय सीमा भित्रमा प्रहरीमा नबुझाउने गरेमा गैर कानुनी रुपमा हतियार राखेको कसूरमा कारवाही अघि बढाइने उहाँको भनाइ छ । प्रहरीले अवैध हतियार खोजीलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

त्यही क्रममा प्रहरीले मोरङको मिक्लाजुङ–१ स्थित कोलबोटे र रमितेको बीचमा रहेको लावा खोला किनारबाट एउटा भरुवा बन्दुक फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सादा पोशाकमा गस्तीमा खटिएको विशेष टोलीले खोला किनारमा बन्दुक फेला पारेको हो । खोला किनारमा भेटिएको बन्दुकका विषयमा पनि अनुसन्धान अघि बढाइएको जानकारी केसीले दिनु भयो ।

सरकारले अवैध हतियारका वलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले अवैध गतिविधी गरिरहेको भन्दै विप्लव समूहप्रति लक्षित गरेर अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३