प्रकाशित : १४ चैत्र २०७५, बिहीबार १८:४९

विराटनगर, १४ चैत । वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा सञ्चालित कार्यक्रमको आज अनुगमन गरिएको छ । वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगर र बहुउद्देश्यीय व्यवस्थापन सेवा नेपाल (एमडीएमएस) स्थानीय तहमा सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको आज अनुगमन गरिएको छ ।

टोलीले बुढीगंगा–७ को सर्वहितैसी आधारभुत विद्यालयमा निर्माण शुरु गरिएको विद्यालय भवन, डंग्राहाको लक्ष्मी माविमा रुपान्तरण परियोजनाबारे किशोर किशोरी, बाल संरक्षण समितिका पदाधिकारीहरुसँग छलफल, बुढीगंगा ६ को तिलाठेमा स्काई क्लवले शुरु गरेको परियोजनाबारे अनुगमन तथा अन्र्तक्रिया गरेको छ ।

त्यसैगरि ग्रामथान गाउँपालिकामा बालमैत्री गाउँपालिका निर्माणबारे बालमैत्री स्थानीय समितिसँग अन्र्तक्रिया, ग्रामथानमा सीसीए र इओसी सिकाई केन्द्र र सुन्दरहरैचामा स्काई क्लवको परियोजनाबारे छलफल गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।

वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ र एमडीएमएसले विराटनगर १९, सुन्दरहरैचा १, बुढीगंगा ६ र ७, ग्रामथान १ र २ र कटहरी ६ र ७ मा विभिन्न परियोजना सञ्चालन गरेको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितका प्रमुख नरेश पोखरेल, वल्र्डभिजनका टिम लिडर विनय अमात्य तथा परियोजनासँग संवन्धित सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३