प्रकाशित : १३ चैत्र २०७५, बुधबार १५:००

विराटनगर, १३ चैत । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठलाई प्रहरीले आज विहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ गरेको छ ।

उदयपुर घर भएका श्रेष्ठलाई पक्राउ गरे पनि प्रहरीले आधिकारिक रुपमा पुष्टि गरेको छैन । उनी काठमाडौंको मिर्मिरे एफएमका सञ्चालक समेत हुन् । विप्लव नेतृत्वको नेकपाले श्रेष्ठलाई असोजदेखि मोरङ इन्चार्जको जिम्मेवारी दिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले इन्चार्ज श्रेष्ठलाई पक्राउ नगरिएको दावी गर्नु भयो । उहाँले विप्लवका कोही कसैलाई पनि पक्राउ नगरिएको दावी गर्नुभयो ।

पक्राउ गरेर श्रेष्ठलाई प्रहरीले कहाँ राखेको छ भन्ने कुरा पनि खुलाइएको छैन । त्यस्तै प्रहरीले इटहरीको हलगडाबाट हिजो साँझ पूर्व जनमुक्ती सेनाका विग्रेड भिसी सूर्य खड्कालाई पनि पक्राउ गरेको छ ।

परिवारका सदस्यसँग बसिरहेका बेला पक्राउ गरिएका खड्कको अवस्था अज्ञात छ ।

संखुवासभा घर भएका खड्का विप्लव नेत्रृत्वको नेकपाका पूर्व सुनसरी सदस्य हुन् । उनले दोस्रो संविधान सभा निर्वाचनमा पूर्व माओवादी नेता वर्षमान पुनका विरुद्धमा घोषणा नै गरेर मोरङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी पनि दिएका थिए ।

त्यतिबेला निर्वाचन बहिस्कारमा रहेको नेकपाले पार्टीको नीति विपरित उम्मेदवारी दिएको भन्दै खड्कालाई कारवाही गरेर जिम्मेवारी विहीन बनाएको थियो ।

त्यसपछि उनी राजनीतिबाट निस्किृय बनेको र आफ्नो पार्टीमा नरहेको नेकपाले जनाएको छ ।

प्रहरीले पछिल्लो समयमा विप्लवका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरे पनि अवस्था सार्वजनिक गर्ने गरेको छैन ।

प्रहरीले व्यक्ति पक्राउ गरेर अवस्था अज्ञात राख्नु र पक्राउ परेकालाई सार्वजनिक नगर्ने गरेपछि प्रहरीको काम कारवाहीको विरोध हुन थालेको छ ।

पक्राउ गरेर हिरासतमा राखिए पनि पक्राउ नगरिएको स्पष्टिकरण प्रहरीका अधिकारीले दिने गरेका छन् । प्रहरीको यस्तो संकास्पद काम कारवाहीको चौतर्फी विरोध हुन थालेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३