प्रकाशित : १३ चैत्र २०७५, बुधबार १५:५२

विराटनगर, १३ चैत । मोरङको बेलबारी नगरपालिकाको तत्कालिन एमालेका पूर्व अध्यक्ष एवं सत्तारुढ दल नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेपछि सप्तकोसी नदीमा फ्यालेकी एक महिलाको शव आज फेला परेको छ ।

बेलबारी–४ की २६ वर्षीय रमिला राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहतर्फ फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार सेतो बोरामा हात खुट्टा बाँधेर फ्यालेको अवस्थामा शव भेटिएको हो । माछा मार्दै गएकाहरुले बोरा भित्र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । आफन्तले शव रमिलाकै भएको बताएका छन् ।

प्रहरीका अनुसार नेकपा नेता बेलबारी–४ का गुरुङले गत फागुन १७ गते राति हत्या गरेर १८ गते विहान २ बजेर ५६ मिनेट जाँदा शव कोसी ब्यारेजको पुलबाट सप्तकोसी नदीमा फ्यालिदिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले गत फागुन २४ गते शुक्रबार इलामबाट पक्राउ गरेको थियो ।

नेपाल र सशस्त्र प्रहरीको टोलीले नदीमा शवको खोजी गरिरहे पनि फेला पार्न सकेको थिएन । फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी राई र गुरुङबीचमा केही समयदेखि प्रेम सम्बन्ध रहेको पनि खुलेको छ ।

हत्यापछि शव गायव बनाउन नदीमा फ्यालेको प्रहरीको भनाइ छ । मापसे गरेपछि गुरुङकै घरमा पुगेका दुवै जना (गुरुङ र राई) बीचमा विवाद भएको र त्यही क्रममा मुख थुनेर रमिलाको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न योगेन्द्रलाई प्रहरीले दुईवटा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

व्यक्ति बेपत्ता पारेको कसूरमा र कर्तब्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३