प्रकाशित : ११ चैत्र २०७५, सोमबार १८:४५

विराटनगर, ११ चैत । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यका साथ प्रदेश १ मै पहिलो पटक आजेदेखि मोरङमा टिपरलाई टाईकार्ड लागू गरिएको छ ।

मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रमको आयोजना गरी टिपर चालकलाई टाईम कार्ड वितरण गरिएको प्रदेश१ ट्राफिक प्रहरी प्रहरी प्रमुख एसपी रविराज पौडेलले बताउनु भयो ।

उहाँका अनुसार टिपरमा जवान चालकहरु बढी रहेको,भत्ताको लोभमा तिब्र गतिमा टिपर चलाउने गरेको र मादक पदार्थ सेवनका कारण बढी दुर्घटना हुने गरेको पाइएपछि टाईकार्ड वितरण गरिएको हो ।

टाईम कार्ड लागू गरिपछि निर्धारित दूरीमा निर्धारित समयमा टिपर नचलाएर पहिलो पटक सम्झाउने र दोस्रो पटक कारवाही गरिने पौडेलले बताउनु भयो । यसअघि प्रदेश नम्बर १ ट्राफिक प्रहरीले बिहान २ घण्टा र बेलुका २ घण्टा टिपर सञ्चालनमा लगाएको रोक तत्कालका लागी यथावत रहने जनाइएको छ ।

सोही नियम अनुसार चल्न चालकहरुलाई निर्देशन दिइसकिएको एसपी पौडेलले बताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिवकुमार पोख्रेलले टाईम कार्ड शुरु भएपछि चालकहरु सचेत हुने र दुर्घटनामा कमी आउने विश्वास ब्यत्त गर्नु भयो ।

पूर्वाञ्चल टिपर व्यवसायी महासंघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण मात्र दुर्घटना हुने नभएको भन्दै उहाँले टिपर मात्र बढी निशानामा पर्ने गरेको बताउनु भयो ।

उहाँले प्रहरी सँगको सल्लाह र सहकार्यमा नै टाईम कार्ड लागू भएको बताउनु भयो । अरुलाई मात्र दोष दिनुभन्दा आफैबाट किन सुरु नगर्ने भन्ने उद्धेश्यका साथ यो कार्यक्रम सुरु भएको कार्कीले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३