प्रकाशित : ११ चैत्र २०७५, सोमबार १८:४२

विराटनगर ११ चैत । होली पर्वको अवसर पारेर नेपाल औषधी संञ्चालक संघ,केन्द्रिय तदर्थ समिति विराटनगरले विराटेश्वर बृद्धाश्रमको भवन निर्माणकालागि नगद रकम सहयोग गरेको छ ।

संघले बृद्धाश्रमको निर्माणाधिन भवन सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले नगद २२ हजार रुपैयाँ सहयोग गरेको हो । संघ मार्फत संघका सदस्यहरु महेश्वर मण्डल र सत्यम नेपालीले नगद ११/११ हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

बृद्धबृद्धाहरुको आश्रयकालागि भइरहेको भवन निर्माणमा केहि सहयोग पुगोस् भनेर संघ मार्फत मण्डल र नेपालीले नगद रकम सहयोग गरेको संघका केन्द्रिय संयोजक देशबन्धु ढकालले बताउनुभयो ।

सो रकम मण्डल र नेपालीले विराटनगर–८ स्थित बृद्धाश्रम पुगेर संस्थापक संचालक जगत अर्याललाई नगदै हस्तान्तरण गरेका थिए । संघले सो भवन निर्माणकालागि निर्माण सामाग्री समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको संघका संयोजक ढकालले जानकारी दिएका छन् ।

सो अवसरमा बृद्धाश्रमका संस्थापक अर्यालले बृद्धबृद्धाहरुको आश्रय स्थल निर्माण गर्न सहयोग गरेकोमा दाताद्धय मण्डल र नेपाली सँगै औषधी संञ्चालक संघलाई धन्यवाद दिनु भएको थियो ।

अपांगता भएका, असहाय तथा वेसहारा बृद्धबृद्धाहरुलाई राख्न ब्यवस्थित भवनको अभाव भएपछि बृद्धबद्धामैत्री भवन निर्माण कार्य सुरु गरेको तर सम्पन्न गर्न समस्या भइरहेकोले सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

होली पर्वकै अवसरमा संघले बृद्धाश्रममा आश्रय लिइरहेका करिब ४० जना बृद्धबृद्धाहरुलाई भोजन समेत खुवाएको थियो । साथै संघमा आवद्ध औषधी ब्यवसायीहरुले बृद्धबृद्धाहरुसँग होली समेत खेलेर रमाइलो गरेका थिए ।

सोहि अवसरमा उनिहरुले बृद्धबृद्धाहरुबाट अविरको टिका लगाई आशिर्वाद समेत लिएका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३