प्रकाशित : ११ चैत्र २०७५, सोमबार १६:०४

विराटनगर, ११ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेतालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । मोरङ कानेपोखरी गाउपालिका– ४ को भित्री गाउँबाट कोसी व्यूरो इञ्चार्ज पुस्कर क्षेष्ठ सहित अर्का व्यक्तीलाई पक्राउ गरेको हो ।

विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने स्थानको सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ सहित नेकपाका आकाश शर्मालाई पक्राउ गरेको हो । शर्माको पार्टीको तह खुलाइएको छैन् ।

पार्टीको आन्तरिक प्रशिक्षणकालागि पुगेका श्रेष्ठ पक्राउ पर्दा अन्य नेता भने फरार भएका थिए ।

पूर्व पश्चिम राजमार्गको कानेपोखरीदेखि करिव ७ किलोमिटरमा पर्ने भित्री गाउँमा पक्राउ परेका नेकपा कार्यकर्तालाई पथरी सम्म ल्याइएको एक प्रत्यक्षदर्शीले जानकारी दिए । कानेपोखरीको भित्री गाउँलाई केन्द्र बनाएर आयोजना गरिएको प्रशिक्षण विथोलिएको प्रहरी स्रोतको दावी छ ।

तर मोरङ मोरङ प्रहरी भने विप्लव कार्यकर्ता पक्राउको विषयमा अनविज्ञता प्रकट गर्छ । ‘मोरङबाट पक्राउ पर्दा मलाई जानकारी हुनुपर्ने हो ।’ मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भन्नु भयो, ‘जिल्लाको टोलीले समातेको छैन् । अन्य टोली आएको जानकारी छैन् ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३