प्रकाशित : १० चैत्र २०७५, आईतवार १८:४७

विराटनगर, १० चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई केन्द्रमा राखेर प्रतिफल आउने विकासका योजना बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

जनताले प्रत्यक्ष विकास भएको महसुस हुने गरी विकासको योजना बनाएर अघि बढ्नु पर्ने उहाँले बताउनु भयो । उहाँले जनाताको मुहारमा खुसी झल्कनेगरी विकास निमार्णका योजना बनाउनुु पर्ने बताउनु भयो ।

प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा आज सुरु भएको आर्थिक वर्ष २०७५/७६ को दोश्रो चौमासिक प्रगति समिक्षा बैठकलाई सम्वोधन गर्दे मुख्यमन्त्री राईले विगतमा वनेका कतिपय योजना कागतमा मात्र सिमित हुनु र समयमा काम सम्पन्न नहुने प्रवृति रहेको बताउनु भयो ।

प्रदेशमा भईरहेको विकास निमार्णका लागी प्रदेश सरकारले अधिकार सम्पन्न अनुुगमन समिति गठन गरेर सुक्ष्म ढंगले अनुगमन थाल्ने उहाँको भनाइ छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका विषयमा कुनैपनि ढिलासुस्ती हुन नदिने उहाँले बताउनु भयो ।

प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका विकास निर्माणमा नतिजा आउने गरी काम गर्नुपर्नेमा जोड दिनु भयो ।

दुई दिनसम्म चल्ने बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इन्जिनियरहरुको सहभागिता रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३