Breaking News

कृषि विकास बैंकद्धारा ७ अर्व लगानी

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार १५:५४

विराटनगर, १० चैत । कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले चालु आर्थिक बर्षको सात महिनामा ७ अर्ब ३० करोड लगानी गरेको छ ।

बैंकले गरेको कुल लगानीको ३२ प्रतिशत भन्दा बढी लगानी कृषि क्षेत्रमा रहेको बैंकको क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकृत जयदेब ढकालले बताउनुभयो ।

कृषि क्षेत्रमा मात्र सो बैंकले यस क्षेत्रमा चार अर्ब ५० करोड लगानी गरेको छ । कृषि अन्तर्गत पशुपालन र तरकारी खेतीमा बैंकको बढी लगानी भएको छ । बैंकका अनुसार सुनसरीमा सबै भन्दा बढी त्यसपछि झापा र मोरङमा लगानी छ । सुनसरीम बैमौसमी मकै तथा तरकारी खेतीमा र झापामा पशुपालनमा लगानी भएको बैंकका क्षेत्रीय सूचना अधिकृत ढकालले बताउनुभयो ।

पहाडी जिल्लाहरुमा पर्यटन व्यवसाय अन्तर्गत होटल तथा होमस्टेमा लगानी गभएको छ । पर्यटन व्यवसायतर्फ चालु आबको माघ सम्ममा ४८ करोड लगानी भईसकेको छ ।

सोही अवधिमा उक्त जिल्लाहरुमा उपभोग्य कर्जामा १० करोड, माछापालान व्यवसायमा ६ करोड, व्यापारमा ३ अर्ब लगानीगरेको बैंकको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।

त्यसैगरी बैंकले विदेशबाट सीप सिकेर फर्किएका यूवालाई सहुलियत कर्जा अन्तर्गत विनाधितो रु १० लाख ऋण उपलब्ध गराउने नयाँ योजना ल्याएको छ ।

यस अघि उक्त बैंकले यूवा कृषि कर्जा कार्यक्रम अन्तर्गत यूवा कृषि उद्यमीलाई सस्तो व्याजमा कर्जा प्रवाह गर्दै आएको थियो । यस कार्यक्रम अनन्तर्गत पूर्वका १० जिल्लामा चालु अबको माघ महिना सम्ममा ५९ करोड लगानी गरिसकेको छ ।

लगानीसँग बैंकको असुली पनि शन्तोषजनक रहको बताइएको छ । चालु आबको सात महिनमा उक्त कार्यालयले यस क्षेत्रमा ६ अर्ब ५० करोड असुली गरेको छ । बैंकले चालु आब भरीमा ती जिल्लाहरुमा १२ अर्ब ४८ करोड लगानी गरी ११ अर्ब ३२ करोड असुली गर्ने लक्ष्य लिएको छ ।

कृषि विकास बैंकको यस क्षेत्रमा ३५ वटा शाखा रहेका छन । जसमध्ये विभिनन ३४ वटा शाखामा अनलाई सेवा तथा इलामको मंगलबारे, फिक्कल, धुलाबारी, विर्तामोड, धरान, इटहरी, विराटनगर र विराटनगरकै भाटभटेनी शाखामा एटीएम सेवा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३