प्रकाशित : १० चैत्र २०७५, आईतवार १५:४८


विराटनगर, १० चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा आज हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३ जना घाइते भएका छन् । बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४नम्बरको हायस गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार दुर्घटनामा हायसमा सवार सुनसरी धरानका १३ वर्षीय सविन मग्रातीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर हायसका चालक पथरीशनिश्चरे नगरपालिका –९ का २९ वर्षीय रमेश बस्नेत र हायसमै सवार सुन्दरहरैंचा–८ का १४ वर्षीय सुमन रम्तेल र उर्लाबारीका २१ वर्षीइ सचिन भित्रीकोटी घाइते भएका छन् ।
स्थानीय मेडिलकमा उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते अन्य दुई जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।