Breaking News

मोरंगबाट एसईईमा १८ हजार विद्यार्थी सहभागी

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार १२:२७

विराटनगर, १० चैत । एसईई परीक्षा अन्र्तगत आज पहिलो दिन अंग्रजी विषयको परीक्षा मोरंगमा शान्तिपूर्ण रुपमा सकिएको छ ।

मोरङ जिल्लामा एसइईका लागि ६९ केन्द्र तोकिएको छ । जसमा नियमिततर्फ १८ हजार ३ सय ५२ जना विद्यार्थीले परीक्षा दिएका छन् ।

त्यसैगरि, आंशिकतर्फ २ सय ८४ जना विद्यार्थी परीक्षामा समावेश भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।

परीक्षामा सामुदायिकतर्फ १ सय ७९ र संस्थागततर्फ १ सय ८९ वटा गरि कुल ३ सय ६८ वटा विद्यालयका विद्यार्थी परीक्षामा रहेका छन् ।

यस्तै, एसईई परीक्षामा प्रदेश १ मा ३ सय ७२ वटा परीक्षा केन्द्र मार्फत ८४ हजार ५ सय ८ जना परीक्षार्थी सामेल भएका छन् ।

परीक्षाका लागि १ सय ८९ जना कर्मचारी, ९० जना सहायक केन्द्राध्यक्ष, ९ सय २१ जना निरीक्षक र १ हजार ३५ सुरक्षाकर्मीसहित २ हजार ६ सय ७१ जनशक्ति परिचालन गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३