प्रकाशित : ९ चैत्र २०७५, शनिबार १८:४६


विराटनगर, ९ चैत । विराटनगरमा हिजो सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसीपको उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीलाई आज विराटनगरमा सम्मान गरिएको छ ।
प्रदेश १ का प्रमुख प्राडा गोविन्द तुम्बाहाङको सरकारी निवासमा खेलाडी तथा अफिसियललाई सम्मान गरिएको हो । सो क्रममा तुम्बाहाङले प्रदेशमा अन्र्तराष्ट्रिय प्रतियोगिता हुनु गौरवको विषय भएको बताउनु भयो ।
चौथो पटक उपाधि विमुख बनेको नेपाली टोलीका सदस्यहरुलाई खेलमा हार जित हुने भएकाले निराश नहुन उहाँले आग्रह गर्नु भयो ।