Breaking News

प्रदेश १ का चार अस्पतालको स्तरोन्नति गरिने

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १८:४१

विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले मोरङ, सुनसरी र उदयपुर जिल्लाका अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ ।

प्रदेश सरकार अन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो ।

मन्त्रालयले मोरङको जिल्ला अस्पताल रंगेली र मङ्गलबारे अस्पताल, झापाको जिल्ला अस्पताल, दमक र उदयपुर जिल्लाको कटारी अस्पताललाई स्तरोवृद्धि गर्ने कार्य शुरु गरेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ, झापा र उदयपुुरअन्तर्गतका चार वटा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी कार्य अगाडि बढाइएको बताउनुभयो ।

उहाँले श्यया थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सुविधा सहजरूपमा पाउने गरी सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

अस्पताल स्तरोन्नतिका लागि प्रत्येक जिल्ला अस्पतालका लागि प्रदेश सरकारले रु एक करोड ३० लाख रकम विनियोजन गरिसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३