Breaking News

म्याक्स हस्पीटल तनावग्रस्त

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १८:३१

विराटनगर, ८ चैत । उपचारको क्रममा एक विरामीको मृत्यू भएपछि विराटनगर महेन्द्रचोकस्थित म्याक्स हस्पीटलमा तनाव भएको छ ।

गएराति उपचारकालागि सो हस्पीटलमा भर्ना भएका धरान २ का ४५ बर्षिय महसुर अहमदको मृत्यु भएपछि आफ्न्तजनले समयमा चिकित्सक उपलब्ध नभएका कारण विरामीको मृत्यु भएको दाबी गरेका छन ।

छाती दुख्ने समस्या भएपछि धरानको बिजयपुर अस्पतलमा ५ दिन अघि भर्ना गरिएका महसुरको अवस्था चिन्ताजनक भएपछि आफ्न्तले धरानकै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।

तर त्यहां भेन्टिलेटर खाली नभएपछि बिहीबार राति २ बजे उनलाई म्याक्स अस्पताल ल्याइएको मृतकका दाजु मसरुह अहमदले जानकारी दिनुभयो ।

उहांले अस्प्तालले विरामी भर्ना गरेपनि समयमा विज्ञ चिकित्सक नभएका कारण विरामीको मृत्यू भएको दाबी गर्नुभयो । यता अस्पतालले भने उपचारकै क्रममा हर्ट फेलियर भएका कारण विरामीको मृत्यू भएको दाबी गरेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले उपचारमा कुनै प्रकारको लापरवाही नभएको बताउनुहुंदै विरामीलाई चिन्ताजनक अवस्थामा अस्पतालमा ल्याइएको र आवश्यक उपचार गर्दागर्दै विरामीको मृत्यु भएको दाबी गर्नुभयो ।

आज बिहान १० बजे विरामीको मृत्यु भएपछि ठुलो संख्याका विरामीका आफ्न्तहरु अस्पताल परिसर पुगेका थिए । उनिहरुले घटनाको छानबीन गर्नुपर्ने माग गरेका थिए ।

यसैबीच अस्पताल प्रशासन र मृतकका आफ्न्तबीच भएको सहमतिपछि मृतक पक्षले शव बुझेका छन । मृत्युको कारणको बिषयमा समिति गठन गरेर छानबीन गर्ने र दोषि देखिए कारवाही प्रक्रिया अघि बढाउने सहमति भएपछि मृतक पक्षले शव बुझेको जनाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३