Breaking News

प्रदेश सरकारले महिला फुटवल खेलाडीलाई जनही २ लाख दिने

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ११:५९

विराटनगर ८ चैत । प्रदेश १ सरकारले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको च्याम्पियन बने नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रदेशकै अस्थायी राजधानी विराटनगरमा यही फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रंगशालामा हुँदैछ । विहान विराटनगरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उपाधि रक्षा गरेमा नेपाली खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

उपविजेता मै चित्त बुझाउनु पर्ने अवस्था आए पनि खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले खेलाडीलाई हौशला प्रदान गर्न प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय सरकारले गरेको जानकारी दिनुभयो ।

उहाँले सरकारले खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो । ‘प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ,’ राईले भन्नुभयोे, ‘त्यही भएर उपाधि जितेमा नेपाली टिममा आवद्ध खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको हो ।’

मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब सुवेदीले उपविजेता मात्रै बने पनि नेपाली खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको जानकारी दिनुभयो । ‘उपाधि जिते जनही २ लाख रुपैयाँ नेपाली टिममा आवद्ध खेलाडीले पाउने छन्,’ उहाँले भन्नुभयोे, ‘यदी उपविजेतामै खुम्चिनु पर्ने अवस्था आयो भने पनि जनही १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।’

सरकारको यो निर्णय गरेसँगै खेलाडीको मनोवल थप उच्च भएको नेपाली टिमका प्रशिक्षक हरि खड्काले बताउनुभयो । ‘हामी जसरी भए पनि उपाधि घर भित्रै राख्ने लक्ष्यका साथ मैदानमा जान्छौं ।

त्यही हिसावको तयारी खेलाडीको छ,’ उहाँले भन्नुभयोे, ‘यस अघि तीन पटकसम्म साफको फाइनलमा भारतसँगै बेहोर्नु परेको पराजयको नमिठो बद्ला लिने अवसरका रुपमा पनि पाँचौं साफको फाइनललाई सदुपयोग गरिने छ । घरेलु मैदान, दर्शकको समर्थन र खेलाडीको उच्च मनोबल एवं उत्कृष्ट प्रदर्शन नेपाली टिमको जितका मुख्य आधार हुन् ।’

विराटनगरको सहिद रंगशालामा शुक्रबार दिउँसो ३ बजेबाट नेपाल र लगातार चौथो पटकको विजेता टिम भारतबीच पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हुँदैछ ।

सन् २०१० बाट सुरु साफमा नेपाली टोली अहिलेसम्म चार पटक फाइनल पुगेको छ । फाइनलमा सधैं भारतसँगै भेट भइरहेको छ । यस अघि साफको पहिलो, दोस्रो र तेस्रो संस्करणमा भारतसँगै पराजित भएर उपविजेतामा खुम्चिएको नेपाली टोलीले पाँचौं संस्करणको उपाधि रक्षाका लागि उच्च मनोबलका साथमा मैदानमा उत्रने तयारी गरेको प्रशिक्षक खड्काले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३