Breaking News

विराटनगर, ७ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पीयनसिप फुटवलको उपाधिका लागि नेपाल र भारतवीच भोली प्रतिष्पर्धा हुँदैछ ।

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले चैत्र ८ इतिहास बनाउने दिन भएको बताउनु भएको छ । पाँचौं साफ महिला च्याम्पीयनसिपको फाइनलको पूर्वसन्धामा आयोजित पत्रकार सम्मेलनमा खड्काले चिरपरिचित बलियो प्रतिद्वन्दीलाई पाखा लगाएरै छाड्ने दावी गर्नुभयो ।

उहाँले विराटनगरमा जारी पाँचौं साफका अघिल्ला ३ खेलबाट आफू विश्वस्त भएको भन्दै जीत सुनिश्चित भएको बताउनुभयो । उहाँले आफ्नो टीमले जीत्नेमा आक्रमण रुपमा मैदान प्रवेश गर्ने रणनीति नै रहेको बताउनभयो । मैदानमा कुनै प्रेसर नदिने हुँदा ढुक्क भएर आत्मविश्वासहित खेलाडीको प्रस्तूति रहने उहाँको बुझाइ छ ।

भारतीय टीमसँग देशविदेशमा खेलेको धेरै अनुभव भएपनि उसको देशमा जीतेको नजिर र घरेलुदर्शकको साथले हौसला बढ्ने आधार रहेको खड्काले प्रस्ट्याउनुभयो ।

भारतीय टीमलाई हिरो गोल्डकपमा जीते पछि नेपाली खेलाडीका मनोवल ह्वात्तै बढेको उहाँको बुझाइ छ । नेपाली महिला फुटबल टीमकी कप्तान निरु थापाले पनि भारतीय टीमसँग डोमिनेट भएर खेल्नुपर्ने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो । थापाले कोचको मनोवैज्ञानिक प्रशिक्षणले राम्रो काम गरेको बताउनुभयो ।

यता निरन्तरको टीम विजेता भारतले भने नेपाली टिमको पछिल्ला प्रस्तूतिलाई सामान्य ढंगले नहेरेको बताएको छ । टीम कोच मायामोल नेदुगदान रकिले नेपाली टिम बलियो रुपमा आएको तर, आफ्नो तयारीपनि कमजोर नरहेको स्पष्ट पार्नुभयो । टीम कप्तान आशालता देवीले नेपाल र भारतबीचको प्रतियोगिता निकै राम्रो टिम हुने बताउनुभयो ।

महिला साफको चार संस्करणमा भारत च्याम्पियन बनेको छ । पटकपटक फाइनल पुगेर पनि उपाधी चुम्न नसकेको नेपाली महिला फुटबल टीम भोली ट्रफी उचाल्ने पर्खाइमा रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३