Breaking News

विराटनगरमा नशा रहित होली

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १८:५२

विराटनगर, ६ चैत । विराटनगरमा आज नशारहित होली कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको बि प्लटमा विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री , मन्त्रीहरु , सामाजिक अभियन्ता , कलाकार लगायत ३ सय बढीको उपस्तिथी रहेको थियो । कार्यक्रममा कलाकार दिपाश्री निरौला, पारस थापा र सुमित खड्काले आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै जीपी कोइराला फाउण्डेशन प्रदेश नं १ कार्यालय विराटनगरले आज होली मिलन समारोहको आयोजना गरी भव्यरुपले फागु पर्व मनायो ।

कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल, प्रदेश सभासदस्य सावित्रा रेग्मी, बिन्दीया कार्की, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विनोद ढकाल, प्रदेश प्रमुख सचिव केदार न्यौपाने, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, आन्तरिक मामिला तथा कानून सचिव गोपाल पराजुली, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, चिकित्सक, सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३