Breaking News

प्रदेश १ सरकारको एक बर्ष उपलब्धि विहिन : काँग्रेस

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार १८:५१

विराटनगर, ५ चैत । सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानून र धेरै संरचनाहरु तयार भईसक्दा पनि प्रदेश १ को बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आरोप लगाएको छ ।

संसदीय दलको कार्यालय प्रदेश नं १ ले होली पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा काँग्रेसले सोे धारणा सार्वजनिक गरेको हो ।

सरकार गठनको एक बर्ष पछि प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको एक बर्षे कार्यकालको समिक्षा गर्दै प्रदेश सभा संसदीय दल मार्फत आफ्नो धारण सार्वजनिक गरेको हो । प्रमुख सचेतक केदार कार्कीले राम्रो कामको समर्थन र जनविरोधी कामको आलोचना गर्ने प्रतिपक्षको धर्म अनुसार नै सदनमा प्रस्तुत भएको बताउनुभयो ।

प्रदेश सरकार गठन लगत्तै सरकारले घोषणा गरेको एक सय दिने कार्यक्रम घोषणामै सिमित भएको काँगे्रसको निश्कर्ष छ । त्यसैगरी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारले घर घरमा स्टिकर टाँस्ने काम गरेपनि स्टिकर टास्ने बाहेक सरकारको उपस्थित नदेखिएको ठहर पनि सो पार्टीले गरेको छ ।

सत्तासिन दलका नेतालाई पोस्ने ढङ्गले बजेट वितरण गरिएको, मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास वजेट थुपारेको, विकास निर्माणको ठेक्कापट्टामा समेत पार्टीकै कार्यकर्ता र आफन्त भर्ना गरिएको, सरकारले नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरिएका कार्यक्रमहरुको कार्यन्वयन हुन नसकेको, मुख्यमन्त्रीको नामबाट सुरु गरिएका परियोजना लथालिङ्ग अवस्थामा पुगेको जस्ता आरोप प्रमुख प्रक्षिपक्ष दल नेपाली काँग्रेसले लगाएको छ ।

संसदीय दलका नेता राजिव कोइरालाले यस अवधिमा संसदको सुन्य समयमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले उठाएको कुराहरु प्रति सरकार गम्भिर नभएको बताउनु भयो । प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारको एक बर्षे कार्यकाल कमजोर भएको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३