Breaking News

विराटनगर, ५ चैत । नेपाल नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं १ ले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यबोझ र मर्यादालाई ध्यान दिएर सेवा सुविधा सम्बन्धि कानून निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।

दुबै निकायको विराटनगरमा सम्पन्न संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस अघि प्रदेश सरकारले तर्जुमा गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी कानून अव्यवहारिक र जनप्रतिनिधिहरुलाई निरोत्साहित पार्ने खालको भएको ठहर गरेको छ ।

त्यसैगरी बैठकले प्रदेश सरकारको वजेट खर्च दर कम रहेकाले त्यसलाई बढाउन आवश्यक प्रबन्ध समयमै मिलाउन पनि प्रदेश सरकारलाई आग्रह गर्दै गत बर्ष झै आर्थिक बर्षको अन्त्यमा बजेट नपठाउन र यदी पठाएमा कार्यन्वयन गर्न असमर्थ हुने जानकारी गराइएको छ ।

तीन तहका सरकारले उस्तै उस्तै आयोजनामा वजेट विनियोजन गर्दा दोहोरोपना आएको जानकारी गराउँदै यसका कारण वजेट कार्यन्वयन र अनुगमनमा देखिने समस्यालाई ध्यान दिँदै संबिधानले दिएको अधिकार क्षेत्र भित्र रहेर ठूलो आयोजनामा मात्र बजेट विनियोजन गर्न पनि महासंघले प्रदेश र संघीय सरकारको ध्यानकर्षण गरेको छ ।

प्रदेश समन्वय परिषदको बैठकमा भएको सहमतिको स्मरण गराउँदै पाँच करोड भन्दा तलका आयोजनामा बजेट विनियोजन नगर्न प्रदशे र सघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि उक्त बैठकले गरेको जानकारी बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ –“प्रदेश सरकारले आफ्नो वजेटमा समावेश गर्ने योजनाहरुको छनौट र कार्यान्वयन प्रकृया पारदर्शी हुन सकिरहेको छैन ।

आयोजनाहरुमा दोहोरोपना आउने, कार्यन्वयन र अनुगमनमा स्थानीय सरकारको भूमिकालाई नजरअन्दाज गरिएको छ । यो स्थानीय सरकार सञ्चलन ऐन र स्थानीय स्वयत्ता शासनको प्रतिकुल रहेको छ ।”

त्यस्तै चालु आर्थिक बर्षमा उठेको राजस्व रकम मध्ये त्रैमासिक रुपमा स्थानीयले प्रदेशलाई र प्रदेशले स्थानीय सरकारलाई निकासा गनुपर्ने कानूनी व्यवस्था भएपनि राजस्व वाँडफाँडको रकम अझ पनि आदानप्रदान हुन नसकेका तर्फ पनि बैठकले प्रदेश सरकारको ध्याकर्षण गरेको छ ।

बैठकले गरेका निर्णय बारे सोमबार नै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई दुबै निकायका प्रतिनिधि मण्डलले भेटी जानकारी गराएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३