प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १२:००

विराटनगर, ५ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकार बीच समन्वयको अभाव हुँदा काम गर्न गार्हो भएको बताउनु भएको छ ।

सोमबार विराटनगरमा गाँउपालिका र नगरपालिका राष्ट्रिय महासंघ प्रदेश १ कमिटीका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले संविधानमा परिभाषित अधिकारलाई संघीय सरकारले समयमै प्रदेश र स्थानीय तहलाई हस्तान्त्रण नगर्दा पनि प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्नभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो–‘संहदरबारको अधिकार गाउँ गाउँमा आयो भनिन्छ तर अधिकार हस्तान्त्रण नहुँदा त्यो नारामा मात्र सिमित छ । अहिले एउटा जिल्लामा निर्माण गर्ने सडकको संझौता गर्न अर्को जिल्ला धाउनुपर्ने बाध्यता आएको छ । अनि कसरी भन्ने ? सिंह दरबारको अधिकार गाउँमा आयो भनेर ।’

‘साउनमै हस्तान्त्रण गरिनुपर्ने अधिकार र संरचनाहरु संघीय सरकारले विवाद गरेर ढिलो गरी सानो आकारमा मात्र संरचनाहरु हस्तान्तरण गरिएको उहाँको आरोप छ । ‘अहिले बल्ल स्थानीय र प्रदेश सरकारले हिड्न सक्ने र पुग्ने ठाउँको आधार तयार गरेको छ । अब विस्तारै प्रदेश सरकारको कामले गति लिन्छ ।’– उहाँले अगाडि भन्नुभयो ।

स्थानीय तह र संघीय सरकार वीचको नयाँ संरचना भएकाले पनि दुबै तर्फ समन्वय गरेर काम गर्न कठिन भईरहेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले थप्नुभयो –‘प्रदेश सरकारका अधिकांस मन्त्रिहरु नयाँ हुनुहुन्छ । प्रदेश सभाका अधिकाँस सदस्य पनि नयाँ हुनुुहुन्छ । संस्थागत र व्यक्तिगत अनुभवको कमी पनि छ । त्यसैले समन्वयको अभावले प्रदेश सरकारले गति लिन सकेन ।’ उहाँले चाँडै नै स्थानीय तह र प्रदेश सरकार बीच समन्वय गर्ने एउटा निकाय बनाएर कामलाई अगाडि बढाउने जानकारी गराउनुभयो ।

केही स्थानीय तहका जनप्रतिनिधिले बजेटको दुरुपयोग गरिरहेको सूचना आफुलाई आएकाले त्यसको खोजी र छानवीन थालेको पनि उहाँले बताउनुभयो । ‘एक करोड भन्दा बढीका आयोजनाहरु टेण्डर मार्फत गर्नुपर्नेमा केही स्थानीय तहले त्यसलाई खण्डिकरण गरेर उपभोक्ता मार्फत गराएको जानकारी आएको छ ।

१० कि मि सडक निर्माण गरेर एक सय कि मि को बिल बनाएको र आफ्नै स्क्याभेटर प्रयोग गरिएको कुरा पनि आएका छन् । कतिपय ठाउँमा प्रदेश मन्त्रालयकै परिपत्रका आधारमा पनि यस्तो भएको सूचनाहरु आएका छन् । ती सबै कागजहरु मगाएको छु । यदि यस्तो भएको छ भने त्यो कारवाहीको विषय हुन्छ’ – मुख्य मन्त्री राईले भन्नभयो ।

स्थानीय तह र प्रदेश सभाका सदस्यहरु उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा बोल्दै उहाँले दुबै तहका प्रतिनिधिहरुले समन्वय गरेर काम गर्न पर्ने कुरामा जोड दिनुभयो । अहिले स्थानीय तहका प्रमुख, उप– प्रमुखहरुले प्रदेश सभाका सदस्यहरुलाई वेवास्ता गर्ने गरेको गुनासाहरु आएका छन् । यो राम्रो कुरा होईन उहाँले भन्नुभयो– ‘प्रदेश सभाका सदस्यहरुको राजनीतिक कार्य क्षेत्र पनि स्थानीय तह नै भएकाले आपसमा समन्वय गर्नु होस । ’

उहाँले आगामी बर्षका लागि योजना ल्याउँदा वाड देखि प्रदेश सम्मले समन्वय गरेर ल्याउन पनि निर्देशन गर्नुभयो । ‘वडा अध्यक्ष, मेयर, उपमेयर, प्रदेश सभा सदस्यले एउटै क्षेत्रका योजना फरक फरक तरिकाले ल्याउँदा समय र खर्चको समेत बरबादी हुनुको साथै समस्याहरु सिर्जना हुन्छ । अब योजानहरु एउटा विधि र फर्मेटवाट आउनु पर्छ ’–उहाँले भन्नुभयो ।

छलफल कार्यक्रममा प्रदेश नं १ प्रदेश सभा सदस्य केदार कार्की, लिल्ला बल्लभ अधिकरी, सावित्रा रेग्मी, तथा नेपाल नगर पालिका संघ प्रदेश नं १ का अध्यक्ष महेश बस्नेत लगायतका व्यक्तिहरुले प्रदेश सरकार र स्थानीय तह बीच समन्वयको अभाव भएको कुरामा जोड दिनुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३