प्रकाशित : ४ चैत्र २०७५, सोमबार १८:००

विराटनगर, ४ चैत । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको छ ।

प्रतिष्ठानका उपकुलपति रौनियारलाई सरकारले गत २६ गते हटाउने निर्णय गरेको थियो । अन्यापूर्ण तरिकाले पदबाट हटाएको भन्दै डा रौनियार सर्वाेच्च पुग्नु भएको थियो ।

न्यायाधिश प्रकाश राउतको एकल इजलासले डा रौनियारलाई अर्काे निर्णय नभएसम्म यथास्थितिमा राख्न आदेश दिएको हो । अदालतले सरकारलाई उपकुलतिबाट डा रौनियरालाई हटाउनुको लिखित कारणसहित छलफलका लागि पनि बोलाएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते उहाँलाई उपकुलपतिबाट हटाउने निर्णय गर्नु भएको थियो ।

सोही निर्णय अनुसार प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई पदबाट हटाउने निर्णयको पत्र पठाउनु भएको थियो ।

फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति (सिनेट) बैठकले सर्वसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय गरेको थियो । सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गर्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३