Breaking News

साफका कारण चर्चामा विराटनगर

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १८:२३

विराटनगर ४ चैैत । फुटबलको लामै इतिहास बोेकेको प्रदेश १ को अस्थायी राजधानी विराटनगर पछिल्लो समय पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका कारण चर्चामा रहेको छ ।

वर्षदेखि विशिष्ट तरिकाले फुटबलसँगको सम्बन्ध र साइनोमा जोडिएको यो सहरले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको सन्देश दिइसकेको छ ।

विराटनगरले विक्रम संवत २०१८ सालदेखि महेन्द्र गोल्डकपका नामबाट फुटबलका ठूला प्रतियोगिता आयोजना गर्न थालेको थियो । परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भसँगै २०६७ सालदेखि यसको नाम परिवर्तन गरेर २०६८, ०६९, ०७१, ०७२ र ०७४ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता सञ्चालन गरियो ।

गोल्डकप अघि पनि यहाँ फुटबलका साना प्रतियोगिता हुँदै आएका थिए । जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताले विराटनगरललाई फुटबलमय बनाउँदै चर्चामा ल्याएको छ ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले यो प्रदेश फुटबलरसहितका अन्य खेलाडी उत्पादनको मुख्य स्रोत भएकाले खेलकुद क्षेत्रको राजधानी बनाउन प्रदेश सरकारले जोड दिइरहेको बताउनुभयो ।

एन्फाका पूर्व उपाध्यक्ष एवं पूर्व बरिष्ठ फुटबल प्रशिक्षक सन्तोश वानियाले नेपालकै इतिहासमा पहिलो पटक फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको जिम्मा मोसफललाई दिइने निर्णय गरिनुलाई ऐतिहासिक र जायज भएको भन्दै ठूलो एड्भान्टेजका रुपमा लिइएको बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी लिनुमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश १ सरकारको ठूलो देन रहेको वानियाले बताउनुभयो । एन्फाका प्रशिक्षक एवं फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारश चौधरीले साफकै कारण अन्तर्राष्ट्रिय स्तरको संरचना खडा हुँदा यसले खेल क्षेत्रको विकासमा भविष्यसम्मलाई मद्धत पुगेको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यले थप व्यवस्थित गर्न सक्दा विराटनगरको सहिद रंगशालालाई मुलुककै नमुना बनाउन सकिने बताउनुभयो ।

एन्फाका प्रवक्ता एवं साफ प्रचारप्रसार समितिका संयोजक किरण राईले आयोजनालाई अवसरका रुपमा सदुपयोग गरेर त्यही हिसावमा खेलहरु सम्पन्न गर्ने काम भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३