Breaking News

हत्या, हिंसा र चन्दा आतङ्कको दिनगए : प्रधानमन्त्री ओली

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १९:०४

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट हत्या, हिंसा र चन्दा आतङ्कको दिन गएको बताउनु भएको छ । मोरङको कटहरी–१ मा निर्माण गरिएको तरकारी तथा फलफूल थोक बजारको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले कसैले चन्दाको नाममा लुटपाट गर्न र धम्क्यायो भने नडाराउन पनि सबैलाई अनुरोध गर्नुभयो । प्रधामन्त्री ओलीले भन्नुभयो– “चन्दाका नाममा लुटपाट गर्ने, डकैती गर्ने दिन गए ।

यो तमसा अब चल्दैन र यस्ता कुरालाई छाडिदैन । तपाँईहरु सबै ढुक्कसँग विकास निर्माणका काममा लाग्नु होस । कसैलाई रोक्न सक्दैन । सरकार तपाईहरुलाई शान्ति सुरक्षा दिन तयार छ ।

प्रधानमन्त्री ओलीले नेकपा नामको विप्लब समुहले जो सँग पनि पैसा माग्ने,लुटपाट गर्ने, धम्की दिने, विकास निर्माणको काममा पठाएको पैसा पनि लुटेर लैजाने काम गरेको बताउनु भएको थियो ।

यसरी लुटपाटमा संलग्न समुहलाई कारवाही गर्दा कानून बमोजिम नभएको भन्दै केही व्यक्तिहरुले विरोध गरेको देख्दा आफुलाई आश्चर्य लागेको पनि प्रधामन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो–कानून बमोजिकका कुनै पनि हिँसात्मक गतिविधि गर्ने छुट सरकारले दिँदैन । उ सच्चिन्छ भने ठिकै छ । होईन भने कसरी सच्चयाउनु पर्छ सरकारलाई राम्ररी थाहा छ ।

उवर्र भूमि र कृषि प्रधान मुलुक भएर पनि कुल राष्ट्रिय आयमा कृषि क्षेत्रको योगदान कम रहेको बताउनु भएको छ । उहाँले कृषि क्षेत्रको उत्पादन बढाउन कृषिको आधुनिकीकरणका साथै यसलाई आवश्यक पर्ने मल, बिउ– विजन, सिचाई, बजार र उचित मूल्यको आवश्यक पर्ने चर्चा गर्दै त्यस बारेमा सरकार सचेत छ भन्नुभयो ।

आफु पनि कुनै बेला किसान भएको चर्चा गर्दै प्रधामन्त्री ओलीले भन्नुभयो– “ मैले पनि कृषि बुझेको छु । विउ काडेको छु । धान रोपेको छु । हलो जोतेको छु । तोरी छरेको छु । गहुँ खेती गरेको छु ।

त्यसैले किसानका पीर मार्का मलाई राम्ररी थाहा छ । तर हाम्रा पालामा अहिलेको जस्तो किसानलाई राहत दिने सरकार थिएन । प्रविधि केही थिएन । सबै आफ्नै तरिकाले आफै गर्नुपर्थ्यो । ”

आफु कृषिलाई राम्ररी बुझेको व्यक्ति भएकाले कृषि क्षेत्रको सुविधाका लागि अहिलेको सरकारले धेरै काम गर्ने योजना बनाई रहेको पनि प्रधामन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३