Breaking News

सुनसरीमा रोजगार मेला आयोजना गरिने

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १९:०३

विराटनगर, ३ चैत । रोजगारदाता, कामदार र तालिम प्रदायक निकायलाई एउटै थलोमा उपस्थित गराई स्थानीय उद्योग/व्यवसायमा स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले चैत ५ गते सुनसरीको दुहवी स्थित सरस्वती माध्यमिक विद्यालयमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।

उक्त मेलाको बारेमा आयोजक संस्थाहरुले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
दुहवी नगरपालिका, बुढीगंगा गाउँपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा हुने उक्त रोजगार मेलामा वेरोजगारहरुको लागत तयार गरी उसको सीप र क्षमताको पहिचान गर्ने र सीप नहुनेलाई आवश्यक तालिम उपलब्ध गराई रोजगारी उपलब्ध गरउने काम हुने मेला आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले बताउनुभयो ।

स्थानीय उद्योग तथा व्यवासाय क्षेत्रलाई आवश्यक जन शक्ति उपलब्ध गराउन र वेरोजगार यूवालाई रोजगार क्षेत्रसँग सम्पर्क गराउन मेला उपयोग हुने दुहवी नगरापालिका मेयर बेदनारायण गच्छदारले बताउनुभयो ।
उहाँले स्थानीय यूवाहरु रोजगारीको खोजीम विदेशिनु पर्ने र स्थानीय उद्योगले दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न पनि मेला सहयोग हुने बताउनुभयो ।

उक्त मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा सूचना दिइने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे सूचना दिइने, रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासँग प्रत्यक्ष सम्पर्क गराइने काम गरिने छ ।

रोजगार मेलाबाट कामको खोजीमा रहेका करिव दुई हजार जनशक्तिको सहभागिता रहने र एक हजार पाँच सयले रोजगारीको अवसर प्राप्त गर्ने दाबी आयोजकको छ ।

सुनसरी–मोरङ कोरिडोरमा साना ठूला गरेर झण्डै पाँच देखि छ सय उद्योग सञ्चालनमा छन् । जसमा अहिले झण्डै ७० हजार मानिसले रोजगारी पाईरहेका छन् ।

तर अहिले पनि ती उद्योगहरुमा पाँच देखि छ हजार व्यक्तिलाई रोजगारी दिन सकिने अवस्था रहेको उद्यागी बताउँछन् । स्वदेशमा दक्ष जनशक्ति अभावमा ती उद्योगले विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको छ । जसका कारण ती उद्योगहरुमा झण्डै सात हजारको सख्यामा विदेशी कामदार रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउनु हुन्छ ।

जुट उद्योग लगायत उच्च प्रविधियुक्त उद्योगहरुमा इन्जिनियर, मार्केटिङ्ग विज्ञ देखि लेखा राख्ने व्यक्ति समेत सबै छिमेकी मुलुकबाट ल्याउनुपर्ने बाध्यता उद्योगाम रहेको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी बताउनु हुन्छ ।

इट्टा उद्योगमा त झण्डै ९० प्रतिशत व्यक्तिहरु भारत बंग्लादेशबाट आउने गरेका छन् । स्थानीय व्यक्तिहरुसँग इट्टा निर्माण सम्बन्धि ज्ञानको अभावले विदेशी कामदार ल्याउनुपर्ने बाध्यता रहेको उद्योगिको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३