प्रकाशित : २ चैत्र २०७५, शनिबार ०९:१७


विराटनगर, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भोली सुनसरी आउनु हुने भएको छ । सुनसरीको बर्जुताल निरीक्षणका लागि प्रधानमन्त्री ओली आउन लाग्नु भएको हो ।
करिव पौने २ सय विगाहा क्षेत्रफलमा रहेको ताल पछिल्लो समय पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ । प्रधानमन्त्री ओली दिउँसो १ वजे तालमा आउने कार्यक्रम रहेको कार्यक्रम संयोजक जिवछ रोयले जानकारी दिनुभयो ।
बर्जुतालमा अफ्रिका, अष्ट्रेलिया लगायतका देशमा पाईने चराहरु रहेको कार्यक्रम संयोजक रोयले बताउनभयो ।