Breaking News

बेलबारीको पहिलो जाति धिमाल

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १८:४७

विराटनगर, २० फागुन । मोरंगको बेलबारी नगरपालिकाले धिमाल जातिलाई प्रथम जाति घोषणा गरेको छ । नगरमा वसोवास गर्ने पहिलो जातिकारुपमा धिमाल जातिलाई घोषणा गरेको नगरपालिकाले जनाएको छ ।

दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गरीएको प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

वि.सं. १८६२ देखीनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किम्वदन्ती रहेको पाइन्छ प्रमुख सुवेदीले भने बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिको नाम रहेको पाईन्छ ।

घोषणा कार्यक्रममा नगरपालिकाले धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ । बेलबारीमा धिमाल जातिको ३ हजार १ सय ८२ जनसख्या रहेको छ । सो जनसख्या बेलबारीको कुल जनसख्याको को ४ दशमलव ५८ प्रतिशत हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३