Breaking News

प्याब्सन अध्यक्षमा टीकाराम पुरी निर्विरोध निर्वाचित

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १७:५०

विराटनगर, २९ फागुन । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १४ औं महाधिबेशनले टीकाराम पुरीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।

सर्वसहमतिमा नयाँ कार्यसमितिको सह अध्यक्षमा डिके ढुङ्गाना र बरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानीया निर्वाचित भएको निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गरेको छ ।

खुला उपाध्यक्षमा ईश्वर गुरुङ, डि आर ढकाल, दिपीका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरत बाबू कँडेल चयन हुनु भएको छ ।

महासचिवमा कुमार घिमिरे निर्वाचित हुनुभयो भने उपमहासचिवमा आरबी कटुवाल, किशोर गौतम चयन हुनु भएको छ । सचिवहरुमा मधु लोहनी, शिव कार्की, भिमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल, मदन कुमार आचार्य र राजेशकुमार दास निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा सन्तोषमणी नेउपाने निर्वाचित हुनु भएको थियो । सहकोषाध्यक्षमा मीनप्रसाद बन्जाडे, गणेश श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेल चयन भए ।

भुगोल तर्फ उपाध्यक्षमा प्रदेश १ मा नारायण घिमिरे, २ मा गोपाल कार्की प्रदेश ५ मा बिष्णु पन्थी कर्णाली प्रदेशमा बालदेव कँडेल र सुदुरपश्चीम प्रदेशबाट जगबिर थापा उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । महाधिवेशन हिजो काठमाण्डौंमा शुरु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३