Breaking News

विराटनगर, २९ फागुन । काँग्रेस सभापती शेरबहादुर देउवाले विप्लव नेतृत्वको माओवादीलाई कारवाही गर्नुपर्ने बताउनु भएको छ । सभापति देउवाले विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मान्छे मार्ने र आतंक फैलाउनेलाइ कारवाही हुनुपर्ने बताउनु भएको हो ।

उनीहरुलाइ प्रतिबन्ध मात्र नभएर सरकारले कारवाही नै गर्नुपर्छ भन्दै बम पड्काउनेलाइ त्यसै छाड्न नहुने उहा्ँको तर्क थियो ।

उहाँले आफ्ना पार्टीका कार्यकर्तामाथि पनि दुख दिने काम भएको भन्दै सहि विप्लव सम्बद्ध पार्टीको सहि काम नभएको बताउनु भएको हो ।

जथाभावी बम पड्काउने र आक्रमण गर्ने छुट दिनु हुँदैन, सरकारले कडा निगरानी राख्नुपर्छ भन्नुभयो । उहाँले सिके राउत र सरकारबिच भएको सहमती मान्य नहुने बताउनुभयो ।

देश टुक्याउने अभिव्यक्ति दिनेलाइ सरकारले कानुनअनुसार कारवाही हुनुपर्नेमा सरकारले उल्टै संरक्षणगर्न लागिपरेको प्रति असहमती प्रकट गर्नुभयो ।

उहाँले विखण्डनको नारा लागिरहेको भन्दै सिके राउतले भनेअनुसारको जनमत संग्रह कुनै पनि हालतमा गर्न नहुने उहाँको तर्क थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३