Breaking News

प्रदेश १ मा आयुर्वेद औषधि उत्पादनबारे सरकारी पहल सुरु

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १६:५०

विराटनगर, २७ फागुन । प्रदेश १ मा जडीबुटीको व्यवसायिक खेती तथा आयुर्वेद औषधि उत्पादनका लागि सरकारी पहल सुरु भएको छ ।

चालु आर्थिक बर्षमा यस कार्यको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि १ करोड रकम विनियोजन गरेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले अहिले विज्ञ समुहको समिति बनाएर संभाव्यता अध्ययनको काम गरिरहेको छ ।

त्रिभूवन विश्वविद्यालयका सहप्रध्यापक डा.भविन्द्र निरौलाको संयोजकत्वमा गठित सो समितिले प्रदेश १ का विभिन्न जिल्लाका सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलनको काम गरिरहेको समितिका सदस्य सचिव तथा प्रदेश १ सामाजिक विकास मन्त्रालय आयूर्वेद महाशाखा प्रमुख तीर्थ आचार्यले बताउनु भयो ।

समितिले प्रदेश १ का सबै जिल्लामा पुगेर विभिन्न जातका जडीबुटीको व्यवसायिक खेतीे, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र आयूर्वेद औषधि उत्पादन कम्पनी निर्माण गर्न सभावित स्थानको पहिचान गरी आवश्यक सुझाव सहितको प्रतिबेदन मन्त्रालयमा बुझाउने समितिका सदस्य रामचन्द्र अधिकारीले बताउनुभयो ।

समितिले प्रतिबेदन मार्फत प्रदेश १ का जिल्लाहरुमा कुन कुन जातको जडीबुटिको व्यवसायिक खेती कुन कुन स्थानमा गर्न सकिन्छ र त्यसको स्थानीय र अन्तर्राष्ट्रिय बजारको संभावाना कस्तो रहेको छ, लगायतका विषयमा पनि सुझाव दिनेछ ।

प्रदेश १ मा उच्च हिमाली जिल्ला देखि तराईका होचो भूभाग समेत रहेकाले यी जिल्लाहरुको भू–बनौट र हावापानीको आधारमा समेत विविध खाले जडीवुटीको संभावना रहेको र सरकार त्यसको प्रवद्र्धन गर्न लागेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

मन्त्रालयले अध्ययनकै क्रममा प्रदेश भित्र पाईने विभिन्न जातका जडीवुटीको सूची पनि तयार पर्ने छ । आयूर्वेद औषधि कम्पनी निर्माणका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरङको कटहरी गाउँपालिकामा २० विघा जग्गा भाडामा लिने तयारी पनि गरिरहेको छ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय आयूर्वेद महाशाखा प्रमुख आचार्यले बताउनुभयो ।

विज्ञ समूहले प्रतिवेदन बुझाएपछि त्यसैको आधारमा मन्त्रालयले पूर्वाधारका आवस्यक संरचना निर्माणका लागि डीपीआर तयार गर्ने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३