Breaking News

प्रदेश १ का किसानलाई १४ करोड अनुदान दिईने

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १७:३२

विराटनगर, २६ फागुन । प्रदेश भित्र पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्दै दूध र मासुमा आत्मनिर्भरता बढाउन प्रदेश नं १ सरकारले किसानलाई १४ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

यो अनुदान स्थानीय तह र व्यवासायिक फार्म मार्फत उपलब्ध गराउन लागिएको हो व्यवसायिक फार्म, संघ/संस्था र स्थानीय तह मार्फत उपलब्ध गराईने यो अनुदानबाट स्थानीय कृषक प्रत्यक्ष रुपमा लाभन्वित हुने पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय विराटनगरका प्रमुख डा लेखराज दाहालले बताउनुभयो ।

प्रदेशमा गाईपालन व्यवासायको प्रवद्र्ध गर्न प्रदेश नं १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मिल्किङ्ग मेसीन खरीदमा रु ५० लाख अनुदानको योजना ल्याएको छ । यो अनुदान प्रदेश भित्रका २० वटा गाई पालक सहकारी वा निजी फार्मलाई प्राप्त गर्नेछन् । अनुदान प्राप्त गर्ने कुनै पनि संस्थाले अनुदानको २५ प्रतिशत रकम थप गरी मेसिन खरिद गर्नुपर्ने छ ।

त्यस्तै एक हजार लिटरको चिलिङ्ग भ्याट जेनेटर सहित खरिदमा पनि उक्त मन्त्रालयले अुनदान उपलब्ध गराउने भएको छ । जसमा २० वटा कृषक समुह वा सहकारीका लागि रु एक करोड ६० लाख रुपैया विनियोजन गरिएको छ । दुई हजार लिटरको चिलिङ्ग भ्याट जेनेटर सहित खरिदमा पनि रु एक करोड अनुदान उपलब्ध गराउन लागिएको छ ।

यो अनुदान प्रदेश भित्रका १० वटा कृषक समुह, सहकारी वा निजी कृषि फार्मले प्राप्त गर्ने बताइएको छ । त्यस्तै पाँच सय लिटरको चिलिङ्ग भ्याट जेनेटर सहित खरिदमा पनि प्रदेश नं १ सरकारले अनुदान उपलब्ध गराउने भएको छ ।

यस कार्यक्रम बापत रु एक करोड रकम प्रदेश भित्रका २० वटा कृषक समुह, सहकारी वा निजी फार्मले प्राप्त गर्ने छन् । अनुदानका लागि मन्त्रालयले प्रस्ताव माग गरिसकेको र लक्षित समुहबाट आएका प्रस्ताव उपर स्थलगत अनुगमन समेत भईसकेको पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । बाख्रा पालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले पनि प्रदेश नं १ को भूमि व्यवस्था तथा कृषि मन्त्रालयले अनुदान उपलब्ध गराउँदै छ । जसमा खसी बाख्राको बजार व्यवस्थापन तर्फ जोड दिएको छ ।

जस अन्तर्गत प्रदेश भित्र विभिन्न पाँच स्थनमा खसी बोका संकलन केन्द्र निर्माण गरिने योजना अघि सारिएको छ । यस्ता केन्द्र निर्माणका लागि मन्त्रालयले रु दुई करोड पचास लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै प्रदेश भित्र स्वच्छ मासु विक्रि वितिरण गर्न विभिन्न १० वटा पशु बद्यस्थल निर्माण गरिने भएको छ । यस्ता बद्यस्थल निर्माण गर्न मन्त्रालयले रु पाँच करोड रकम बिनियोज गरेको छ ।

पशु बजारकै निर्माण र सुधारका लागि पनि मन्त्रालयले रु दुई करोड रकम विनियोजन गरेको छ । जसबाट प्रदेश भित्र चार वटा पशु हाट बजारको निर्माण र सुधार गरिने बताइएको छ ।

बजार व्यवस्थापन अन्तर्गत सङ्कलन केन्द्र, बद्यशाला र हाटबजार निर्माणका लागि प्रदेश भित्रका स्थानीय तह, सहकारी,कृषक समुह तथा निजी फार्मबाट प्रसतावहरु आएका र प्रस्ताव अनुसार स्थलगत अनुगमनको काम समेत सकिएको छ ।

चैतको दोस्रो साता सम्ममा अनुदानको रकम कृषकको हातमा पुर्याउने गरी कार्य भईरहेको निर्देशनालयका प्रमुख डा दाहालले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३