Breaking News

ग्रामथान गाउँपालिकाद्धारा बेटी बचाउ अभियान शुरु

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १७:२८

विराटनगर, २६ फागुन । दोस्रो पटक छोरी जन्माउँदा भ्रूण हत्या गर्ने क्रम बढेर गएपछि त्यसलाई नियन्त्रण गर्न मोरङ स्थित ग्रामथान गाउँ पालिकाले “बेटी बचाउ अभियान” सुरु गरेको छ । जस अन्तर्गत दोस्रो पटक छोरी जन्माउने महिलालाई गाउँ पालिकाले तीन हजार प्रदान गर्दै आएको छ ।

चालु आर्थिक बर्षबाट सुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत अहिले सम्म १९ महिलाले गाउँपालिकाबाट रकम लगेको लेखा शाखा प्रमुख जय भट्टराईले बताउनु भयो ।

उक्त अभियानलाई सफल पार्न गाउँपालिकाले सात लाख रुपैया विनियोजन गरेको छ । यस अभियान अन्तर्गत गाउँ पालिकाले प्रदान गर्ने उक्त रकम गाउँ पालिका भित्रका सबै समुदायका महिलाई उपलब्ध गराइने छ ।

कार्यक्रमले दोस्रो बच्चा छोरी हुँदा भ्र्रूण हत्या गर्ने कार्यमा कमी आउने र छोरी प्रतिको सम्मान बढेको गाउँ पालिका अध्यक्ष शिवनारायण माझी बताउनु हुन्छ ।

त्यस्तै गाउँ पालिकाले गरीव विपन्नहरुको औषधि उपचारका लागि पनि सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँ पालिका भित्रका गरीव तथा निमुखा समुदायको मुटु, क्यान्सर, पाठेघर र टिबी जस्ता रोगबाट उपचारकै अभावमा मृत्यू नहोस भन्ने उद्देश्यले उपचार सहायता प्रदान गरिएको अध्यक्ष माझी बताउनु हुन्छ ।

यस कार्यक्रम अन्तर्गत गाउँ पालिकाले विरामीको अवस्था हेरी एउटा विरामीलाई बढीम रु ३० हजार सम्म उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले स्थानीय वाड र डक्टरको सिफारिसका आधारम उपचार सहायता रकम उपलब्ध गराने अध्यक्ष माझीले बताउनुभयो । चालु आर्थिक बर्षमा विभिन्न विरामीहरुलाई रु तीन लाख २५ हजार रकम वितरण गरिसकिएको छ ।

यो कार्यक्रबाट स्थानीय क्षेत्रका कम आय भएका मुसहर र चौधरी समुदायका व्यक्तिहरु बढी लाभन्वित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३