Breaking News

विद्याभूमीमा अभिभावक दिवस

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०९:१८

विराटनगर २६ फागुन । विराटनगर ५ मुनालपथमा रहेको विद्याभूमी स्कुलले शनिबार विविध कार्यक्रम गरि अभिभावक दिवस मनाएको छ ।


अभिभावक दिवसका अवसरमा स्कुलले विद्यार्थीमा रहेको प्रतिभा बाहिर ल्याउनका लागि सास्कृतिक र खेलका कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्यका माध्यमबाट अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।

कक्षा १ देखि १०सम्मका विद्यार्थी सहभागी भएर जातीय भेषभुषामा गरेको फेशन शोले अभिभावकलाई आर्कषित गरेको थियो । अभिभावक समेत विभिन्न खेलमा सहभागी भए ।

विद्यालयले वर्ष भरी गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरणका साथै विद्यालयका उत्कृष्ट विद्यार्थी र वर्षका उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरेको छ । साथै विद्यालयले विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार समेत वितरण गर्यो ।
विजेताहरुलाई विद्यालयका अध्यक्ष पराग ढुंगाना र प्रिन्सिपल दिपेन भट्टराईले पुरस्कार वितरण गर्नुभयोे ।

कार्यक्रमा एनप्याव्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारी, विराटनगर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष मीन आचार्य, व्रेन बुस्टर एजुकेशन फाउण्डेशनका सिइओ अच्युत गौतमले विद्यार्थीको भाविष्य निमार्णका लागि विद्यालयलाई सफलताको शुभकामना र अभिभावकहरुलाई आफ्ना सन्तानको राम्रो हेरचाहका लागि हौसला दिनुभयो ।

नसरीदेखि कक्षा १२ सम्म पढाइ हुदै आएको विद्यालयले विद्यार्थीलाई शैद्धान्तिक मात्र नभएर व्यवहारिक र प्रयोगात्मक ज्ञान दिदै आएको विद्यालयका संस्थापक केशव न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३