Breaking News

साफ महिला च्याम्पिनसीपको तयारी पूरा

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १८:४२

विराटनगर २५ फागुन । पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद रंगशालामा यही फागुन २८ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सको सहभागिता रहने छ । ‘प्रतियोगिता आयोजनाका लागि भौतिक संरचना निर्माणदेखि सबै तयारी पूरा भइसकेको छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले भन्नुभयोे, ‘प्राविधिक विषयको तयारीमा हामी जुटेका छौं ।’

उहाँका अनुसार तयारी अवस्थामा राखिएको रंगशालाको अन्तिम सरसफाई भइरहेको छ । रंगशालाको प्यारापिट र शौचालय लगायतका संरचना महिला तथा पुरुष मैत्री बनाइएको जानकारी राईले दिनुभयो । विराटनगरमा १० हजार दर्शक क्षमताको प्यारापिट तयार भइसकेको उहाँको भनाइ छ ।

प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक समेत रहेका राईका अनुसार मैदान, शौचालय, मञ्च समेतको व्यवस्थापनको काम सकिएको छ । ‘रंगशालासम्म पुग्ने सडक पनि तयारी अवस्थामा राखिएको छ,’ उहाँले भन्नुभयोे, ‘पूर्वाधारका हिसावले प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा भइसकेको छ ।’

राईले विदेश पाहुना, खेलाडी र अफिसियलका लागि विराटनगरमा पाँचवटा होटल बुक गरिसकिएको जानकारी दिनुभयो । खेलाडी र अफिसियलसहित दुई सय विदेश पाहुना विराटनगर आउने उहाँले बताउनुभयो ।

प्रतियोगिता उद्धघाटनका दिननै आयोजक मुलुक नेपालसँग प्रतिष्पर्धा गर्ने भुटानी टोली काठमाडौं आइसकेको छ । अन्य देशबाट टोली आउने क्रममा रहेको र सोमबार विहानसम्ममा सबै देशबाट प्रतियोगितामा सहभागीता जाउने टोली आइसक्ने राईले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३