Breaking News

पशुपन्छीमा एन्टिबायोटिक प्रयोगको असर मानव स्वास्थ्यमा

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार १८:५३

विराटनगर, २३ फागुन । पशुपन्छीमा बढ्दो एन्टिबायोटिक प्रयोगले पशुजन्य पदार्थको स्वच्छतामा समेत चुनौतिमा बढाएको विज्ञहरुले बताएका छन् ।

खास गरेर भेटेरेनरी औषधीहरु पशुपन्छीको रोगको उपचार वा रोकथाम भन्दा पनि ग्रोथका रुपमा प्रयोग हुँदा यस्तो समस्या अएको विज्ञहरुको तर्क छ । विराटनगरमा आयोजित “खाद्य स्वच्छता तथा गुणस्तर” सम्बन्धि छलफल कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि तथा मत्स्य विकास निर्देशनालय विराटनगरका प्रमुख डा लेखराज दाहालले मासु र दुग्धजन्य बस्तुको स्रोतमा हुने एन्टिवायोटिकको उच्च प्रयोगले मानव स्वास्थ्यलाई असर पार्न थालेको बताउनुभयो । डा दाहालले भन्नुभयो–“हामी बोयलर कुखुराको मासु खान्छौ तर त्यसमा पनि एन्टिवायोटिकको उच्च प्रयोग हुन थालेको छ ।

कुखुरामा चाँडा रोग लाग्ने कारणले त्यसलाई बढी औषधी खुवाईन्छ, त्यसैको मासु उपभोक्ताहरुले प्रयोगशाला परीक्षण विना उपभोग गरिरहको हुन्छ । यस्तो मासुले विस्तारै शरीरमा एलर्जीको समस्या निम्त्याउँछ ।”

औषधी प्रयोगको रेकर्ड सही मात्रमा हुन नसक्ता, र कृषकले भेटनरी प्राविधिकको निगरानी वा प्रयोशाला परीक्षण नगरी औषधीको प्रयोग गर्दा पशुजन्य पदार्थमा एन्टिवायोटिकको समस्या देखा पर्दै गएको दाहालको तर्क छ ।

पशुजन्य पदार्थमा रहको एन्टिवायोटिकको अवशेषको असर स्वरुप मानिसमा एलर्जी हुने, जन्म रोगि तथा मुटुको समस्या आउने र पाचन प्रणालीमा गडबडी हुने जस्ता समस्या आउने गरको उहाँको भनाई छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य अधिकृत नवराज दाहालले खाद्य स्वच्छता सम्बन्धि ऐन कानूनको कार्यन्वय कुन निकायले कसरी गर्ने कुरा स्पस्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– खाद्य सम्बन्धि अनुगमन धेरै निकायबाट हुन्छ ।

प्रहरी, प्रमुख जिल्ला अधिकारी, नाप तौल, उपभोक्ता समिति, खाद्य प्रविधि सबैले अनुगमननै गरिरहेका हुन्छ । यसरी धेरै निकायबाट हुने अनुगमनले उद्योगहरुलाई निराश बनाउने गरेको छ । यस्ता कुरामा कुन निकायले के गर्ने भन्ने कुरा स्पस्ट हुनुपर्छ ।”

खाद्य सुरक्षा मामिलामा काम गर्ने उच्च स्तरको प्रयोगशाला नहुँदा पनि समस्या आउने गरको बताउँदै उहाँले व्यवस्थित प्रयोगशालाको अभावले परीक्षणको रिर्पोटमा एकरुपता नहुँदा विश्वासनीयता कायम गर्न नसकिएको स्पस्ट पार्नुभयो ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोईरालाले दूध, तेल, पानी लगायतका खाद्य बस्तुमा गुणस्तर कम देखिएको बताउनुभयो । उक्त कार्यालयले चालु आर्थिक बर्षको चार महिनामा बजार अनुगमन मार्फत सङकलन गरिएका ६१ वटा खाद्य नमूना मध्ये ३१ वटा प्रतिकुल रहेको जानकारी गराउनुभयो ।

“दूध– किसानवाट उपभोक्ता सम्म आईपुग्दा धेरै प्रक्रिया पार गर्नुपर्ने भएकाले मिसावटको संभावना बढी हुन्छ” –प्रमुख कोईरालाले भन्नुभयो ।

महँगो खाने तेलतमा गुणस्तर हीन र सस्तो मूल्यको तेल मिसवाट हुने र बाह्य वातावरणको सँगतले पनि तेलको गुणस्तर छिट्टै नै विग्रन सक्ने उहाँको भनाई छ ।

“कच्चा पदार्थ सजिलै उपलब्ध हुने र प्रशोधन उद्योगको लागत कम भएकाले पानी उद्योगको सख्या बढ्दो छ । त्यस्ता उद्योगले प्रशोधननै नगरी पानीको विक्रि वितरण गर्दै आएको पाइएको छ । ” कोईरालाले भन्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३