Breaking News

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १५:३४

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि आज अस्पताल भर्ना हुनु भएको छ ।

प्रधानमन्त्री ओली त्रिभूवन विश्व विद्यालय शिक्षण्मा अस्पताल महराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका क्रममा आज बिहान १० बजे जानु भएको थियो ।

अस्पतालका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले दिउसो १ : १५ बजे जारी गरेको विज्ञप्ती अनुसार नियमित स्वास्थ्य जाँचका लागि आउनुभएका प्रधानमन्त्री ओलीको थप परीक्षण गर्नु उपयुक्त देखिएकोले अब्जरभेसनमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण डा.अरुण सायमीको संयोजकत्वमा भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३